Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीको बजेट ३६ करोड ८२ लाख

    केपिलासगढीको बजेट ३६ करोड ८२ लाख


    • शुक्रवार, आषाढ १० २०७९

    • नेपाल वाइड


    केपिलासगढीको बजेट ३६ करोड ८२ लाख
    वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै गाउँपालिका अध्यक्ष समिर राई । फायल तस्बिर ।

    खोटाङ, १० असार । खोटाङको केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    गाउँपालिकाले आर्थिक बिकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पुर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको छ ।

    गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

    सम्बन्धित समाचार