Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी चिनाउने ‘त्रि–धाम हलेसी’

    हलेसी चिनाउने ‘त्रि–धाम हलेसी’


    • बिहिवार, आषाढ १६ २०७९

    • नेपाल वाइड


    हलेसी चिनाउने  ‘त्रि–धाम हलेसी’
    पत्रकार दीपेन्द्र राईद्धारा लिखित पुस्तक ‘त्रि–धाम हलेसी’ ।

    खोटाङ, १६ असार । खोटाङका पत्रकार दीपेन्द्र राईले पुस्तक ‘त्रि–धाम हलेसी’ प्रकाशनमा गरेका छन् । पत्रकार राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी तथा सो आसपासका अन्य धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक र प्राकृतिक स्थलको बारेमा परिचय दिने पुस्तक प्रकाशन गरेका हुन् ।

    हलेसी महादेवस्थान विकास समितिले प्रकाशन गरेको पुस्तकमा हलेसी तथा हलेसी आसपासका दुई दर्जन धार्मिक, साँस्कृतिक एवं पर्यटकीय स्थलको बारेमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ । १०४ पृष्ठको पुस्तकलाई साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक खण्डमा विभक्त गरिएको छ ।

    साँस्कृतिक खण्डमा हलेसी, तुवाचुङ, रोसुङतो, खोक्चिलिपा पँधेरो/पोखरी, सोलोमा भीर, राजदह, जैरुङघाट/जयरामघाट, बोझे ओढार, सत्यश्वर गुफा, खामाहुइ ढुंगा र गुप्तेश्वर गुफाको धार्मिक, साँस्कृतिक र ऐतिहाँसिक पक्ष बारे बिस्तृत चर्चा गरिएको छ ।

    पुस्तकको ऐतिहासिक खण्डमा हलेसीगढी, होलेसुङ पार्क, खिम्ले दरबार, च्यास्मीगढी, खाम्तेलगढी, लावाचुङ र तारो हान्ने ढुंगा/सुत्केरी ढुंगा बारे उल्लेख गरिएको छ । यस्तै, प्राकृतिक खण्डमा भुम्जु, सल्लेपोखरी, नाम्चुङ, ताराखसे, ताराखसे गुफा, बुङालुङ पार्क, महादेवबेँसीका विषयमा बर्णन गरिएको छ ।

    पुस्तकमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसी र अन्य धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको चित्रण गर्ने प्रयास गरिएको लेखक राई बताउँछन् ।

    “नगरका ११ वडाका साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलका प्रतिनिधिमुलक पर्यटकीयस्थल बारे खोजमुलक तरिकाले उधिन्ने प्रयास गरिएको छ,” उनले भने, “घुमघामका लागि हलेसी बाहेक उपयुक्तस्थल अरु पनि छन् । ती ठाउँसम्म पर्यटक र तिर्थयात्रीलाई पु¥याउनका लागि जानकारी दिन पुस्तक सहयोग हुने अपेक्षा छ ।”

    हलेसीमा आउने पर्यटक तथा दर्शनार्थी दर्शन लगत्तै फर्किने गरेका छन् । कारण हलेसी आसपासका धार्मिक तथा पर्यटकीय स्थलको बारेमा उनीहरु बेखबर छन् । हलेसी वरपरका गन्तव्यस्थलका बारेमा जानकारी दिन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ ‘त्रि–धाम हलेसी’ प्रकाशन गरिएको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ ।

    सम्बन्धित समाचार