Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हप्ता दिनमा हलेसीमा ४० हजार भेटी आम्दानी

    हप्ता दिनमा हलेसीमा ४० हजार भेटी आम्दानी


    • सोमवार, आषाढ २० २०७९

    • नेपाल वाइड


    हप्ता दिनमा हलेसीमा ४० हजार भेटी आम्दानी
    फायल तस्बिर

    खोटाङ, २० असार । हप्ता दिनको अवधिमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो । यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सुचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

    संकलन भएको रकम माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रुपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।

    सम्बन्धित समाचार