Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किरात हलेसी लुंखिमलाई केपी ओलीको भेटी

    किरात हलेसी लुंखिमलाई केपी ओलीको भेटी


    • बुधवार, आषाढ २२ २०७९

    • नेपाल वाइड


    किरात हलेसी लुंखिमलाई केपी ओलीको भेटी
    किरात हलेसी लुंखिमलाई ओलीले पठाएको रकमको चेक हस्तान्तरण गर्दै भूपेन्द्रकुमार राई ।

    खोटाङ, २२ असार । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसीस्थित किरात हलेसी लुंखिम समितिलाई आर्थिक सहयोग गरेका छन् ।

    गत १९ चैतमा हलेसी मन्दीर र मारातिका गुम्बामा २/२ लाख भेटी चढाएका ओलीले पुःन किरात धर्मावलम्बीलाई लक्ष्यित गर्दै २ लाख पठाएका हुन् ।

    ओलीले पठाएको भेटीवापतको रकमको चेक मंगलबार एमाले प्रदेश कमिटि सदस्य भूपेन्द्रकुमार राईले किरात हलेसी लुंखिम समितिका अध्यक्ष गजुरमान राईलाई हस्तान्तरण गरेका छन् । प्राप्त भएको भेटीमध्ये १ लाख ५० हजार किरात हलेसी लुंखिम समितिलाई र ५० हजार किरात राई यायोक्खा हलेसीलाई प्रदान गरिएको छ ।

    गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्नुअघि हेलीकोप्टरबाट हलेसी ओर्लिएका ओलीले हलेसी मन्दिर र मारातिका गुम्बामा भेटी पठाउने घोषणा गरेका थिए ।

    हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा दुई धर्मलाई मात्र भेटी चढाएको भन्दै आलोचना भएपछि ओलीले किरात धर्मावलम्बीको सम्बोधन हुनेगरी भेटीवापतको रकम पठाएको हुन् ।

    महादेवस्थानका वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, मुन्दुम अध्येता भोगीराज चाम्लिङ लगायतको उपस्थितिमा भेटीवापतको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रम एमाले नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङको सभापतित्वमा भएको थियो ।

    सम्बन्धित समाचार