Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मलेप प्रतिवेदन

    खोटाङका स्थानीय तहमा बेरुजुको चाङ

    खोटाङका स्थानीय तहमा बेरुजुको चाङ


    • बिहिवार, आषाढ ३० २०७९

    • नेपाल वाइड


    खोटाङका स्थानीय तहमा बेरुजुको चाङ

    खोटाङ, ३० असार । खोटाङका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा जिल्लाका १० वटै स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो ।

    महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिबेदनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ७ करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औंल्याइएको छ ।

    २ अर्व ३ करोड ५३ लाख ७२ हजारको लेखा परीक्षण गर्दा दिक्तेल रुपाकोट मझुवागढीमा ३.७० प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ७ करोड ६४ लाख ४१ हजार सहित आर्थिक वर्ष २०७७/०७८ मा कुल १ अर्व ६ करोड २५ लाख २४ हजार आय भएको नगरपालिकामा ९७ करोड २८ लाख ४८ हजार भएको थियो ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखिएको छ । लेखा परिक्षण रकम १ अर्व २० करोड ३ लाख २८ हजार रहेको हलेसी तुवाचुङमा ४.५४ प्रतिशत बेरुजु देखाइएको छ ।

    गत वर्षको जिम्मेवारी सरेर आएको ५ करोड ५१ लाख २ हजार सहित ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको सो नगरपालिकामा ५९ करोड ९० लाख ७४ हजार खर्च भएको थियो ।

    महालेखाले केपिलासगढी गाउँपालिकामा ५ करोड ६ लाख १२ हजार बेरुजु देखाएको छ । ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गर्दा ६.३१ प्रतिशत बेरुजु औल्याइएको हो ।

    अघिल्लो वर्ष जिम्मेवारी सरेर आएको ५ करोड ४ लाख २४ हजार सहित जम्मा ४१ करोड ६८ लाख ५१ हजार आय भएको केपिलासगढीमा ३८ करोड ५३ लाख ४८ हजार खर्च भएको थियो ।

    यस्तै, खोटेहाङ गाउँपालिकामा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । महालेखाले १ अर्व २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ बेरुजु भेट्टाएको हो । जिम्मेवारी सरेर आएको ४ करोड २० लाख ११ हजार सहित जम्मा ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएकोमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको थियो ।

    जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षण गर्दा ६.८२ प्रतिशत बेरुजु देखिएको हो ।

    जिम्मेवारी सरेर आएको २ करोड ५९ लाख २३ हजार सहित जम्मा ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको गाउँपालिकाले ४० करोड ८ लाख ३१ हजार खर्च गरेको थियो ।

    महालेखाका अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ । १ अर्व ७ करोड ६२ लाख ११ हजारको लेखा परीक्षण गर्दा ३.१४ प्रतिशत बेरुजु भेट्टाइएको थियो । जिम्मेवारी सरेर आएको ८२ लाख ७१ हजार सहित जम्मा ५९ करोड २७ लाख ४ हजार आय भएको गाउँपालिकाले ४८ करोड ३५ लाख ७ हजार खर्च गरेको थियो ।

    यस्तै, बराहपोखरी गाउँपालिकामा ४ करोड ३१ लाख ८५ हजार बेरुजु पाइएको छ । ६४ करोड ८८ लाख २९ हजारको लेख परीक्षण गर्दा ६.६६ प्रतिशत बेरुजु देखिएको हो ।

    जिम्मेवारी सरेर आएको ६ करोड ९८ लाख ८२ हजार सहित ३० करोड ८४ लाख ८० हजार आम्दानी भएको बराहपोखरीले ३४ करोड ३ लाख ४९ हजार खर्च गरेको थियो । रावाबेँसी गाउँपालिकामा २ करोड ४९ लाख ३३ हजार बेरुजु औंल्याइएको छ ।

    महालेखाले ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गर्दा ३.३५ बेरुजु भेटेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ४ करोड ५८ लाख ३९ हजार सहित जम्मा ३६ करोड ९८ लाख ७० हजार आय भएको गाउँपालिकाले ३७ करोड ४० लाख २० हजार खर्च गरेको थियो ।

    साकेला गाउँपालिकामा १ करोड ४६ लाख ८६ हजार देखिएको छ । ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा २.१३ प्रतिशत बेरुजु पाइएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

    जिम्मेवारी सरेर आएको २ करोड ६३ लाख ५९ हजार सहित जम्मा ३४ करोड ६० लाख २० हजार आम्दानी भएको गाउँपालिकामा ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको थियो ।

    सम्बन्धित समाचार