Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थव्यवसाय

    लयमा फर्किदै हलेसीका होटल

    लयमा फर्किदै हलेसीका होटल


    • सोमवार, श्रावण २ २०७९

    • नेपाल वाइड


    लयमा फर्किदै हलेसीका होटल
    त्रि–धार्मिकस्थल हलेसी क्षेत्रमा सञ्चालित होटल तथा पसलहरु ।

    खोटाङ, २ साउन । बिश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी साम्य भएपछि खोटाङको त्रि–धार्मिकस्थल हलेसीका होटल व्यवसाय तंग्रिन थालेका छन् ।

    कोभिड–१९ को महामारीका कारण दुई वर्षसम्म सुस्ताएको हलेसीका होटल व्यवसाय क्रमशः पुर्ववत अवस्थामा फर्कने क्रममा छन् । कोभिड–१९ को महामारी न्यून भएसँगै हलेसीमा दर्शनार्थी एबं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुरु भएपछि होटल व्यवसाय तंग्रिन थालेका हुन् ।

    कोभिड–१९ को समयमा सुनसान बनेको हलेसी मन्दिरमा हाल दर्शनार्थी र पर्यटकको भिडभाड देखिन थालेका छन् । हलेसीमा आवागमन बढेपछि होटलहरुका ताला खुल्न थालेको होटल व्यवसायी संघ हलेसीका सचिव दिलीप गिरीले बताउनुभयो ।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा साना तथा ठूला गरी डेढ सय होटल सञ्चालन छन् । कोभिड–१९ को पहिलो, दोश्रो र तेश्रो लहरको महामारीका कारण पर्यटकको आवागमन ठप्प हुँदा हलेसीका होटल व्यवसाय धरासायी बनेको थियो ।

    पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार–व्यवसायमा समेत अशर परेको हलेसीका होटल व्यवसायी भोजराज बस्नेतले बताउनुभयो । मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेसी बाहेक चिन, सिंगापुर, जापान, रुस, फ्रान्स, यूक्रेन, अमेरिका लगायतबाट पर्यटक आउने गरेका छन् ।

     

    सम्बन्धित समाचार