Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साहित्य

    ढकाल र दिक्पाललाई किरात एकेडेमी पुरस्कार

    ढकाल र दिक्पाललाई किरात एकेडेमी पुरस्कार


    • मंगलवार, श्रावण ३ २०७९

    • नेपाल वाइड


    ढकाल र दिक्पाललाई किरात एकेडेमी पुरस्कार

    खोटाङ ३ साउन । किरात एकेडेमीले लेखकद्धय विप्लव ढकाल र राजकुमार दिक्पाललाई किरात एकेडेमी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    किरात एकेडेमी (तेश्रो) पुरस्कार ढकालको ‘भोजपुरको वाङमय’ र दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’लाई प्रदान गर्ने घोषणा गरिएको हो ।

    पुरस्कारका लागि गठित छनोट समितिले पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट ७ ओटा कृति सूचीकृत गरेकोमा ढकाल र दिक्पालको कृतिलाई संयुक्त पुरस्कारका लागि छनौट गरेको हो । पुरस्कारको राशी ५० हजार रहेको छ ।

    यस अघि पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा र दोश्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोराले किरात एकेडेमी पुरस्कार पाएको थियो ।

    सम्बन्धित समाचार