Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक (भिडियो सहित)

    इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक (भिडियो सहित)


    • आइतवार, श्रावण ८ २०७९

    • नेपाल वाइड


    इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक (भिडियो सहित)
    म्यूजिक भिडियोमा इशान बशन्त र मोडल कस्मिता भण्डारी ।

    काठ्माडौं, ८ साउन । संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । ५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

    बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं इशान बशन्त र मोडल कस्मिता भण्डारीको अभिनय हेर्न सकिन्छ ।

    दिपेन बस्नेतको छायांकनमा तयार पारिएको म्युजिक भिडियोका प्रोड्युसर पञ्चमान महर्जन र को–प्रोड्युसर बिनिता तामाङ हुन् । श्यामकृष्ण महर्जन (शुसान्त घायल)को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ ।

    ए लेभेल स्टुडियो पुतली सडकमा रेकर्ड गरिएको गीतको म्यूजिक एरेञ्जर सञ्जय हमाल, मिक्स/मास्टर गोबिन्द सोनी र रेकर्डिस्ट सुवास कुथुमे राई हुन् ।

    संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

    भिडियो......

    सम्बन्धित समाचार