Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हङकङमा गुरुङको शंकास्पद मृत्यु भएको परिवारको दावी

    हङकङमा गुरुङको शंकास्पद मृत्यु भएको परिवारको दावी


    • बिहिवार, श्रावण १२ २०७९

    • नेपाल वाइड


    हङकङमा गुरुङको शंकास्पद मृत्यु भएको परिवारको दावी
    मृतक धनराज गुरुङ ।

    खोटाङ, १२ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।

    गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वाकमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका हुन् ।

    बेलायतमा रहेकी श्रीमतीलाई ४ असारमा अंग्रेजीमा ‘अट्याक्ड’ लेखेर मेसेज पठाएको, मान्छे चढ्नै मुस्किल पर्ने रुपमा झुण्डिएको भनिएको, मृतकका आफन्त पुग्न अगावै शवलाई जमिनमा झारिसकेको, प्रयोग भएको भनिएको डोरी प्रहरीले अनुसन्धानका लागि लगिसकेको भनिएको लगायतका आधारमा परिवारले घट्नालाई शंकास्पद मानेका हुन् ।

    गुरुङ आफै पनि ढाडको समस्याबाट पिडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दावी गरेको पिडित आफन्त बताउँछन् ।

    गुरुङको शव १० साउनमा काठ्माडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर परिवारजनले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठ्माडौंको पहलमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर ‘सत्यतथ्य बुझ्न र कर्तव्य ज्यान हो भने दोषीलाई कारबाही गर्न’ माग गर्दै पत्रकार सम्मेलन गरेका थिए ।

    गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने पारिवारिक माग रहेको बानीयाँले बताए । करिब दशकदेखि हङकङ बसिरहेका गुरुङ व्यपार व्यवसायमा संलग्न थिए ।

    सम्बन्धित समाचार