Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई कम्प्यूटर

    ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई कम्प्यूटर


    • आइतवार, श्रावण १५ २०७९

    • नेपाल वाइड


    ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई कम्प्यूटर
    दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्यूटर प्रदान गर्दै ग्लोबल आइएमई बैंकका प्रतिनिधि ।

    खोटाङ, १५ साउन । ग्लोबल आइएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्यूटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्यूटर प्रदान गरेको हो ।

    बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्यूटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए ।

    ग्लोबल आइएमई बैंकले २०७६ साल साउन २२ गतेदेखि दिक्तेलमा कारोबार सुरु गरेको हो । बैंकले जिल्लाका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ ।

    सम्बन्धित समाचार