बुधवार, भाद्र १ २०७९
नेपाल वाइड
खोटाङ, १ भदौ । बौद्धिक समुह नेपाल (आइसिएन) काठ्माडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माबिबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने दुई विद्यार्थीलाई छात्रबृत्ति उपलव्ध गराएको छ ।
बौद्धिक समुह नेपालले २०७८ सालमा च्यास्मीटार माबिबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने छात्रा जिवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको हो ।
बौद्धिक समुह नेपालको छात्रबृत्तिमा जिवना धरानको पव्लिक माबिमा र दिलीप दिक्तेलको सरस्वती माबिमा कक्षा ११ मा भर्ना भएका छन् । दुबै जनाले व्यवस्थापन विषयमा अध्ययन सुरु गरेको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।
जिवनाले २.९५ जिपिए र दिलीपले २.६५ जिपिए ल्याएर एसइई उत्तिर्ण गरेका हुन् । उत्कृष्ट अंक, जेहेन्दार, लगनशिल र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई छात्रबृत्तिका लागि छनौट गरिएको हो ।
छात्रछात्राले कक्षा ११ को सबै टेष्ट, टर्मिनल र फाइनल एक्जाममा फेयरली उत्तिर्ण गरे मात्र कक्षा १२ मा पनि छात्रबृत्ति निरन्तर उपलव्ध गराउने शर्त राखिएको अध्यक्ष राईले बताए ।
‘छनौटमा परेका छात्र/छात्राको भर्ना र सम्पूर्ण मासिक शुल्क संस्थाकोतर्फबाट उपलव्ध गराउँछौँ,’ अध्यक्ष राईले भने, ‘त्यसका लागि उहाँहरुले कक्षा ११ को सबै टेष्ट, टर्मिनल एक्जाम र फाइनल एक्जाममा फेयरली पास गर्नुपर्छ ।
कक्षा ११ मा फेयरली पास भए मात्र कक्षा १२ मा छात्रबृत्तिले निरन्तरता पाउँछ । कुनै विषय लाग्यो वा पढाइमा नियमितता भएन भने छात्रबृत्ति बन्द हुन्छ ।
’बौद्धिक समुह नेपालका अध्यक्ष राईले २०७८ कात्तिकमा च्यास्मीटार माबिमा आयोजित पुर्वप्राथमिक र प्राथमिक तहको शिक्षण सम्वन्धी तीन दिने कार्यशाला गोष्ठी समापन कार्यक्रममा सो विद्यालयका एसइईका उत्कृष्ट छात्रा/छात्रालाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । हलेसी तुवाचुङ नगरपालिकालाई सेवा क्षेत्र बनाएको बौद्धिक समुह नेपालले विभिन्न शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।