Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विद्यालय लेखा कर्मचारीको तलव वृद्धि

    अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि समन्वय गर्ने नगरको निर्णय

    अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि समन्वय गर्ने नगरको निर्णय

    नगरका २१ वटा माबिमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने नगर कार्यपालिका बैठकको निर्णय

    • बिहिवार, भाद्र ९ २०७९

    • नेपाल वाइड


    अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि समन्वय गर्ने नगरको निर्णय
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, ९ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।

    बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

    सडक तथा सडक पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर), आइइइ/इआइए/बिइएस र डिजाइन स्टीमेट तयार गरी संघीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका–पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो ।

    विद्यालय लेखा कर्मचारीको तलव वृद्धि

    नगर कार्यपालिका बैठकले नगरका २१ वटा माबिमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ ।

    यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा माबि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरुमा अनुदान दिइदैआएको रकमबाट विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

    त्यसैगरी नगर शिक्षक अनुदान शिर्षक अन्तरगत विनियोजित रकमबाट विगतका वर्षहरुमा अनुदान दिइदै आएको विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

    नगरपालिका र विभिन्न निकायसँगको समन्वय र सहकार्यमा दिक्तेलमा सञ्चालित रक्त सञ्चार केन्द्रलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको समन्वय र सहकार्यमा थप व्यवस्थित गर्ने, प्राविधिक समितिबाट आवश्यक अध्ययन भएर सम्पूर्ण प्रकृया पूरा गरेका दुई निर्माण कम्पनीलाई ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान गर्ने निर्णय गरिएको छ ।

    पूर्णरुपमा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको व्याक–हो लोडरलाई मर्मत सम्भार कोषबाट खर्च गर्नेगरी मर्मत गर्ने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा वडा सेवा केन्द्र र स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने सम्वन्धित वडा समितिको निर्णय अनुमोदन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले तीन कार्यविधि स्वीकृत गरेको छ । सरसफाई तथा फोहोरमैला व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७५ को पहिलो संशोधन कार्यविधि, २०७९, आर्थिक सहायता कार्यविधि, २०७९ र कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि, २०७९ स्वीकृत गरेको हो ।

    सम्बन्धित समाचार