शुक्रवार, भाद्र १० २०७९
नेपाल वाइड
खोटाङ, १० भदौ । खोटाङमा एसइई ग्रेड वृद्धि परिक्षा २०७८ को तयारी पुरा भएको छ । ११ भदौ र १२ भदौमा सञ्चालन हुने परीक्षामा जिल्लाका १७३६ विद्यार्थी सहभागी हुने शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।
परीक्षाका लागि सरस्वती माबि दिक्तेल, पञ्च माबि दिक्तेल, दिक्तेल इंलिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान आठ बजेदेखि सञ्चालन हुने छन् । परीक्षा सञ्चालनका लागि सम्वन्धित केन्द्रका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
एसइई ग्रेड वृद्धि परिक्षामा जिल्लाका १०० विद्यालयमध्ये ९३ विद्यालयका छात्र/छात्राले परीक्षा दिने कार्यालयले जनाएको छ । गत एसइई परीक्षामा जिल्लाका दुई माबिबाट कुनैपनि नियमित विद्यार्थी सहभागी नभएको प्रमुख गौतमले बताए ।