Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    श्रेष्ठको स्मृतिमा विद्यालयमा सरस्वती मन्दिर निर्माण

    श्रेष्ठको स्मृतिमा विद्यालयमा सरस्वती मन्दिर निर्माण


    • बुधवार, भाद्र १५ २०७९

    • खेमराज पुरी


    श्रेष्ठको स्मृतिमा विद्यालयमा सरस्वती मन्दिर निर्माण
    सरस्वतीको मन्दिर उद्धघाटन गर्नुहुदै श्रेष्ठ परिवारका प्रतिनिधि एबम पालिका अध्यक्ष गिरेन राईलगायत ।

    खोटाङ, १५ भदौ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दामालीटोलका स्वर्गीय घ्युकुमारी श्रेष्ठको स्मृतिमा सरस्वती मन्दिर निर्माण गरिएको छ ।

    स्वर्गीय श्रेष्ठको स्मृतिमा उनका परिवारले त्रिभुवन माविको प्रांगणमा सरस्वती मन्दिर निर्माण गरिदिएका हुन् । ७ लाख २८ हजार ७५० रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर बुधबार श्रेष्ठ परिवारले उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

    मन्दिर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा श्रेष्ठकी श्रीमान धननाराण श्रेष्ठले विद्यालयलाई १३५ थान साहित्यीक पुस्तक हस्तान्तरण गरेका छन् । विद्यालयमा मन्दिर निर्माण गरिदिने श्रेष्ठ परिवारलाई प्रशंसा–पत्र सहित सम्मान गरिएको छ ।

    कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र राजभण्डारीको अध्यक्षता, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईको प्रमुख आथित्यता एवं ज्येष्ठ सदस्य डम्बरबहादुर श्रेष्ठ, दिलकुमारी श्रेष्ठ र धननाराण श्रेष्ठको विशेष अतिथ्यतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार