Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर

    विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर


    • बिहिवार, भाद्र १६ २०७९

    • नेपाल वाइड


    विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर
    रोशाभञ्ज्याङ प्रावि र सो प्राविका शिक्षक तथा विद्यार्थी । तस्बीरः दमन राई

    खोटाङ, १६ भदौ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ ।

    २०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलव्ध गराएको तर पास गर्नेबेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो ।

    जग्गा दाता थापाले उपलव्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदैआएकोमा २०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो । तर कित्ता नम्बर १७ बाट कित्ता काट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।

    दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतवस अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् ।

    जग्गादाता परिवारले भने भुलवस अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् । जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिवद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्री परिषदको निर्णय चाहिने भएकाले समस्य सिर्जना भएको प्रअ जर्ण चाम्लिङले बताए ।

    हाल विद्यालयको चार वटा भवन छ । एक बाहेक सबै भवन जीर्ण छ । यस शैक्षिक–सत्र ४५ विद्यार्थी भर्ना भएका छन् । पठन–पाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावक बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए ।

    सम्बन्धित समाचार