Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    दिप्रुङ : उत्कृट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीले छात्रबृत्ति पाउने

    दिप्रुङ : उत्कृट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीले छात्रबृत्ति पाउने


    • बिहिवार, भाद्र २३ २०७९

    • नेपाल वाइड


    दिप्रुङ : उत्कृट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीले छात्रबृत्ति पाउने
    अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बोल्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई ।

    खोटाङ, २३ भदौ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

    गाउँपालिकाभित्रका सामुदायीक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अंक सहित उत्तिर्ण हुने एक जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।

    ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहिबार गाउँपालिकाको कार्यालय याङसोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक जना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

    गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक वटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरि खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै छ । हाजिरी जवाफ, निवन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार