Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ : साथीको छुरा प्रहारबाट दुबईमा ढकालको मृत्यु

    खोटाङ : साथीको छुरा प्रहारबाट दुबईमा ढकालको मृत्यु


    • शुक्रवार, भाद्र २४ २०७९

    • नेपाल वाइड


    खोटाङ : साथीको छुरा प्रहारबाट दुबईमा ढकालको मृत्यु
    छुरी प्रहारबाट ज्यान गुमाएका मेखराज ढकाल । तस्बीरः मुग्लानीखबर

    खोटाङ, २४ भदौ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ।

    अबुधाबी अलदाफ्रा स्थित एएमबि हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो ।

    सेप्टेम्बर २ को राती बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदुताबासले जनाएको छ ।

    दुई जनाबीचमा ‘डिस्कस’ चलेको र सुत्न गएकोबेला वाथरुमछेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बशन्त ढकालले बताएका छन् ।

    घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बूलेन्समा राखेर अस्पताल लैजानेक्रममा करिब ८÷१० मिनेटपछि ढकालको मृत्यु भएको थियो । छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

    ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए । उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको खोटाङ सेवा समाज दुबईका मिडिया प्रमुख नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन् ।

     

    सम्बन्धित समाचार