Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    भलिबल खेलाडीलाई खोटाङ भलिबल क्लव यूकेको सहयोग

    भलिबल खेलाडीलाई खोटाङ भलिबल क्लव यूकेको सहयोग


    • बुधवार, भाद्र २९ २०७९

    • नेपाल वाइड


    भलिबल खेलाडीलाई खोटाङ भलिबल क्लव यूकेको सहयोग
    खोटाङ भलिबल क्लव यूकेले उपलव्ध गराएको जर्सी भलिबल संघका अध्यक्ष नूनरकाजी शैंजूलाई हस्तान्तरण गर्दै कृषिविज्ञ मदन राई ।

    खोटाङ, २८ भदौ । खोटाङ भलिबल क्लव यूकेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान गरेको छ । बेलायतमा बस्दै आएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाईमा गठन गरिएको भलिबल क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेश १ स्तरिय छनौट खेल खेल्न जाने पुरुष भलिबल खेलाडीलाई ५३ हजार ५६० रुपैयाँ मूल्यको जर्सी सेट प्रदान गरेको हो ।

    यस्तै, महिला भलिबल खेलाडीलाई नगद १० हजार प्रदान गरिएको खोटाङ भलिबल क्लव यूकेका अध्यक्ष सञ्जिव राईले बताए । खेलाडीलाई ६ हजार ८०० मूल्याको एक सेट जुत्ता प्रदान गरिएको छ । खोटाङ भलिबल क्लव यूकेले जिल्ला भलिबल संघमार्फत खेलाडीलाई जर्सी सेट, जुत्ता र आर्थिक सहयोग उपलव्ध गराएको हो ।

    sport materials by kvc (uk)_khotang (2).jpg

    खोटाङ भलिबल क्लव यूकेले उपलव्ध गराएको जर्सीमा भलिबल खेलाडी लगायत ।

    शुभम फाउण्डेसनमा आयोजित कार्यक्रममा खोटाङ भलिबल क्लव यूकेका संरक्षक कृषिविज्ञ मदन राईले जर्सी, जुत्ता र रकम हस्तान्तरण गरेका छन् । भलिबल खेलाडीको प्रवद्र्धनका लागि खोटाङ भलिबल क्लव यूकेले खेल सामग्री प्रदान गरेको हो ।

    प्रदेश स्तरिय प्रतियोगीतामा प्रतिष्पर्धा गर्न जाने पुरुष तथा महिला भलिबल खेलाडीलाई भलिबल संघका अध्यक्ष नूरकाजी शैंजू, जिल्ला खेलकुद विकास समितिका पुर्वअध्यक्ष महेश राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई, फुटबल संघका महासचिव काजीमान राई, जिल्ला फुटबल संघका प्रशिक्षक भानु राई, फुटबल संघका प्रशिक्षक भानु राई, समाजसेवी केशव श्रेष्ठ, अमर गुरुङ लगायतले खेलाडीको बिदाई गर्दै सफलताको शुभकामना दिएका छन् ।

    खोटाङ भलिबल क्लव यूकेले कृषि बैज्ञानिक मदन राई, पुर्व राष्ट्रिय भलिबल खेलाडी नूनकारी शैंजू र पुर्व भलिबल खेलाडी एबं पुर्ववडाध्यक्ष महन्तकुमार राईलाई संरक्षक तोकेको छ ।

    यस्तै, क्लवको एम्बेसेडर महिला भलिबल टिम क्याप्टेन विनिता राई र पुरुष भलिबल लिफ्टर अमोद रिजाललाई चयन गरिएको खोटाङ भलिबल क्लव यूकेका अध्यक्ष राईले बताए ।

    sport materials by kvc (uk)_khotang (1).jpg
    जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईसँग तस्बिर खिचाउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने महिला तथा पुरुष भलिबल खेलाडीहरु ।

    सम्बन्धित समाचार