Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुने

    टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुने


    • बुधवार, भाद्र २९ २०७९

    • नेपाल वाइड


    टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुने
    सांकेतिक तस्बिर

    खोटाङ, २९ भदौ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा प्रथम पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी गरिएको छ । ‘आफ्नो जन्मथलोे आफै चिनाऔं, आर्थिक विकास र परिवर्तनका लागि युवा एकता र समानताका लागि खेलकुद’ भन्ने नाराका टेम्मा युवा क्लवको आयोजनामा आगामी कात्तिक १ गतेदेखि पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी गरिएको हो ।

    बृहत साँस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई ५५ हजार ५५५, दोश्रो स्थान प्राप्त गर्ने टिमलाई ३३ हजार ३३३, तेश्रो हुने टिमलाई २२ हजार २२२ र शान्त्वना स्थान प्राप्त खेलाडीलाई ११ हजार १११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

    यस्तै, उत्कृष्ट स्काइकर, डिफेन्डर र लिब्रोलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने टेम्मा युवा क्लवले जनाएको छ । प्रतियोगीता कृष्ण मावि टेम्मको प्रांगणमा सञ्चालन हुने प्रचार विभाग प्रमुख ग्याबिन किरातीले बताए ।

    पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता उद्घाटनको अवसरमा खोटाङ कलाकार समाजको साँगीतिक प्रस्तुती रहने छ । खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, रोशन राई (पालुवास्टार), पार्वन राई (राई बुढा), बबिना किराती, मनिता चाम्लिङ राई र लोकेश राईको साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार