आइतवार, आश्विन २ २०७९
नेपाल वाइड
खोटाङ, २ असोज । खोटाङका श्रष्टा राजकुमार हिङमाङको ‘उठौं हामी जुटौं’ बोलको प्रगतीशिल गीत सार्वजनिक गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ स्थायी ठेगाना भएका हिङमाङको पहिलो भिडियो गीत सार्वजनिक गरिएको हो ।
वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एबं जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक हिङमाङको भिडियो गीत शुक्रबार साँझ थाहा यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हिङमाङको शव्दमा शिवसंगम राई र स्वयं हिङमाङकै संगीत भरिएको छ । ८ मिनेट लामो गीतमा शिवसंगम राई, पार्वती राई, मेनुका राई र स्वयं हिङमाङको स्वर सुन्न सकिन्छ ।
त्रिताल स्टुडियो काठमाडौंमा उत्पादन गरिएको गीतको एरेञ्जर/मिक्सिङ सुन्दर लामाले गरेका हुन् । गीतमा अन्याय, अत्याचार र बेथिति बिरुद्ध एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिने भाव समेटिएको छ ।
हिङमाङले सबै श्रमजीवीलाई श्रमजीविहरुको वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् । गीतमार्फत वैज्ञानिक समाजवादीको क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गरिएको छ ।
भिडियो.....