Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः स्वर्ण पदक बढाउँदै खोटाङ

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः स्वर्ण पदक बढाउँदै खोटाङ


    • आइतवार, आश्विन २ २०७९

    • नेपाल वाइड


    नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताः स्वर्ण पदक बढाउँदै खोटाङ
    (दाँया) ७५ केजी समहतर्फका स्वर्ण पदक विजेता रुरिहाङ्ग राई र (बाँया) ५५ केजी समुहतर्फ रजत पदक विजेता सुर्यचन्द्र राई प्रशिक्षक सञ्जयकुमार राईको साथमा ।

    खोटाङ, २ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेश स्तरिय प्रतिष्पर्धामा खोटाङले सात स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा जारी प्रतियोगीता अन्तरगत शनिबारसम्ममा सितोरियो कराते, पौडी र भारोत्तलनमा जिल्लालाई सात स्वर्ण हात परेको हो । सबैभन्दा बढी सितोरियो करातेमा पाँच स्वर्ण प्राप्त भएको छ ।

    सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । कुमुते ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा कञ्चन नेपाली, ६८ प्लस तौल समुहमा मिसडोना राई र ७५ केजी तौल समुहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।

    यस्तै, पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

    प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन बिक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट भएका छन् ।

    प्रदेश स्तरिय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

    सम्बन्धित समाचार