Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनुशासन उल्लंघन गरेकामा फुटबल क्लव र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध

    अनुशासन उल्लंघन गरेकामा फुटबल क्लव र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध


    • आइतवार, आश्विन २ २०७९

    • नेपाल वाइड


    अनुशासन उल्लंघन गरेकामा फुटबल क्लव र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध
    खोटाङ फुटबल संघले आइतबार जारी गरेको विज्ञाप्ती ।

    खोटाङ, २ असोज । खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लव र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

    समता फुटबल क्लवले भदौ २५ गतेदेखि एक हप्तासम्म दिक्तेलमा सञ्चालन गरेको फुटबल प्रतियोगीताको सेमीफाइनल खेलमा गालीगलौज र अभद्र व्यवहार गरेकामा युवा जागरण क्लव र माटिकोरे युवा क्लवका क्याप्टेन दिपक खत्रीलाई एक वर्षका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

    युवा जागरण क्लवका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका क्याप्टेन खत्रीले आयोजक, म्याच कमिस्नर र खोटाङ फुटबल संघका पदाधिकारीले पटक–पटक सचेत गराउँदा पनि अटेर गरी गालीगलौज र अभद्र व्यवहार गरेकाले जिल्लामा हुने सम्पूर्ण फुटबल खेलमा एक वर्ष प्रतिवन्ध लगाइएको हो ।

    खोटाङ फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले आइतबार विज्ञाप्ती जारी गर्दै शनिबारको बैठकबाट युवा जागरण क्लव र माटिकोरे युवा क्लवका क्याप्टेनलाई प्रतिवन्ध लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार