Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविन प्रथम

    खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविन प्रथम


    • मंगलवार, आश्विन ४ २०७९

    • नेपाल वाइड


    खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविन प्रथम
    व्याडमिन्टन प्रतियोगीताका विजेता एलिस दंगाल र सविन श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष समिर राई ।

    खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल व्याडमिन्टन प्रतियोगीतामा दोर्पा स्पोर्टस् क्लवका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ ।

    संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगीताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो । बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगीतामा सोल्मा स्पोर्टस् क्लवका प्रकाश राई र पवन राईको जोडी दोश्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रविण मुग्रातीको जोडीले तेश्रो प्राप्त गरेका छन् ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेश्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

    यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एबं गाउँपालिकाका सुचना प्रविधि अधिकृत संगम खतिवडाले बताए ।

    विजेता टिमलाई गाँउँपालिका अध्यक्ष समिर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस व्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला डवल व्याडमिन्टन प्रतियोगीतामा आयोजना गरेको हो । प्रतियोगीतामा २५ टिमको प्रतिष्पर्धा भएको थियो ।

    सम्बन्धित समाचार