मंगलवार, आश्विन ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ असोज । अखिल नेपाल लेखक संघ, केन्द्रीय समितिले बातलाबा कार्यक्रमको २२ औं श्रृंखला सम्पन्न गरेको छ । ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयक बहस तथा कविता वाचन कार्यक्रम गर्दै बातलाबा कार्यक्रमको २२ औं श्रृंखला सम्पन्न गरिएको हो ।
पद्मोदय मावि काठ्माडौंमा आयोजित कार्यक्रममा अखिल नेपाल लेखक संघका अध्यक्ष डा. मधुसूदन गिरीले ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि सहप्राध्यपक भीम रेग्मीले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि शेखर अर्याल, सुशीला शर्मा, डिल्लीराम राई ( नाकारा ), दुर्लभ काइँला, सुमन पुडासैनी लगायतले कविता वाचन गरेका थिए । वाचित कवितामाथि कवि प्रगति राईले समीक्षा गरेकी थिईन् ।
कार्यक्रममा अखिल नेपाल लेखक संघका सल्लाहकार प्रा. डा. राजनप्रसाद पोखरेल, जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय सदस्य तेजविलास अधिकारी, अखिल नेपाल लेखक संघका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, लेखक तथा समालोचक डा. अम्बिका अर्याल, लेखक तथा उपप्राध्यापक जीवन जीवन्त, लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल, कवि मिसन अधिकारी, पत्रकार धनबहादुर मगर, सञ्चारकर्मी विक्रम चेतनशील राई, श्रष्टा सोनाम सज्जन किराँती, दीप कुलुङ, संवाद बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।