बुधवार, आश्विन १२ २०७९
नेपाल वाइड
काठ्माडौं, १२ असोज । किरात राई समुदायको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा केन्द्रीय समितिको अध्यक्षमा जीवन हाताछो राई चयन भएका छन् ।
भक्तपुर बोडेमा बुधबार बिहान सम्पन्न यायोक्खाको ११ औं राष्ट्रिय महाधिबेसनबाट राई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनले यसअघि यायोक्खाको महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।
महाधिबेसनले यायोक्खाको २७ पदाधिकारी सहित ५५ सदस्यीय केन्द्रीय समिति बनाएको हो । यायोक्खाको सह–अध्यक्षमा टीकासरी राई र ज्ञानबहादुर राई, उपाध्यक्षमा तीलकप्रसाद राई, राकेश राई, देवान राई, दोर्पध्वज राई, जनक राई, सर्वधन राई र युवराज राई चयन भएका छन् । महासचिवमा भीमराज राई चयन भएका छन् ।
उपमहासचिवमा हेमन्तकुमार राई, अर्जुन जम्नेली राई, कृष्णकुमार राई, मातृका राई र मञ्जु सोताङ, सचिवमा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजुएन राई, तारा राई र सुमन राई, कोषाध्यक्षमा पर्शुराम राई, सहकोषाध्यक्षमा छिला राई, सुशिला राई र गणेश खालिङ चयन भएका छन् ।
सदस्यमा प्रमिला राई, रत्नदेवी राई, भीमवहादुर राई, बिर्सिका राई, मानभगत चाम्लिङ, अञ्जनीकुमार राई, होमवहादुर राई, हात्तिराम राई, अञ्जना राई (खोटाङ), खड्कवहादुर राई, नरहाङ राई, रोशन वान्तवा, रामचन्द्र राई, जयकुमार राई, किमाङहाङ राई, मनोज राई, इन्द्रमाया चाम्लिङ राई, रामध्वज राई, अञ्जना राई (धनकुटा), संम्झना राई (सोलुखुम्बु), विकास राई, राकेश चाम्लिङ राई, मणीकुमार राई, सीताकुमारी राई, दिपक राई, कमला राई, दिलिप साम्पाङ र डकिन्द्रकुमार राई भयन भएका छन् ।
