Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

    अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा


    • शनिवार, आश्विन १५ २०७९

    • नेपाल वाइड


    अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा
    अनुप स्मृति गोल्डकपको बिषयमा जानकारी दिँदै मूल आयोजक समिति संयोजक सागर जोशी ।

    खोटाङ, १५ असोज । खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशीको अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मिति सार्वजनिक गरिएको छ ।

    २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा आगामी आगामी पुस १८ गतेदेखि पुस २४ गतेसम्म दिक्तेलको माटिकोरे खेलमैदानमा अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण आयोजना गर्न लागिएको हो ।

    दिक्तेलको शान्तीटोलस्थित सम्पर्क कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवले प्रतियोगीताको मिति सार्वजनिक गरेको हो ।

    गोल्डकपमा प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः क्रमशः २ लाख १ हजार १११ र १ लाख १ हजार १११ रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै, दुई सेमीफाइनलिष्ट टिमले नगद २५/२५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताको मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

    यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

    मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद दुई हजार पुरस्कार पाउनेछन् ।

    प्रतियोगितामा बढीमा १२ टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २४ लाख ५२ हजार ६५२ रुपैयाँ खर्च लाग्ने आँकलन गरिएको सह–संयोजक सगुन ताम्राकारले बताए ।

    २०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण लम्बिएको हो ।

    अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दुर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति सदस्य सुमन श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार