Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता

    बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता


    • शनिवार, आश्विन २९ २०७९

    • नेपाल वाइड


    बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता
    पत्रकार सम्मेलनकाक्रममा खकलुङ युनाइटेड क्लब बास्पानीका अध्यक्ष प्रताप राईलगायत ।

    खोटाङ, २९ असोज । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तिहारको अवसर पारेर स्थानीय खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कातिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    प्रतियोगितामा प्रथम हुने समूहले रु ३० हजार, दोस्रो हुने समूहले रु २० हजार र सेमिफाइनलिस्ट दुई समूहलाई नगद रु दश/दश हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खकलुङ युनाइटेड क्लब बास्पानीका अध्यक्ष प्रताप राईले बताउनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

    प्रतियोगितामा सहभागी हुने समूहका लागि रु तीन हजार ९९९ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    चन्दा सङ्कलनबाट आयोजना गरिएको प्रतियोगिताका लागि अनुमानित रु दुई लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    खुला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन १ नं. प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईले गर्नु हुने जनाइएको छ । फटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको अध्यक्ष राईको भनाई छ ।

    फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा गायक पदम राई र राकेश किराँतीको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा लागेको खकलुङ युनाइटेड क्लब बास्पानीले यसअघि पनि खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

     

    सम्बन्धित समाचार