Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलका दुई वडामा वित्तीय साक्षरता कक्षा सुरु

    दिक्तेलका दुई वडामा वित्तीय साक्षरता कक्षा सुरु


    • बिहिवार, कार्तिक ३ २०७९

    • नेपाल वाइड


    दिक्तेलका दुई वडामा वित्तीय साक्षरता कक्षा सुरु
    वित्तीय साक्षरता कक्षामा सहभागी महिला ।

    खोटाङ, ३ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ ।

    विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने/गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो ।

    नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेसिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो । २१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समुह सहभागी छन् ।

    वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशिलता विकास, आय–आर्जनमा वृद्धि, व्यवसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ ।

    जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकामा दशैंअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

    सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । परियोजनाले वैदेसिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलव्धीमुलक बनाउने क्रियाकलाप सञ्चालन गर्दैआएको छ ।

    सम्बन्धित समाचार