Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङः कम्बोडिया पठाउने भन्दै २३ लाख ठगी आरोपमा एक पक्राउ

    खोटाङः कम्बोडिया पठाउने भन्दै २३ लाख ठगी आरोपमा एक पक्राउ


    • शुक्रवार, मंसिर १६ २०७९

    • नेपाल वाइड


    खोटाङः कम्बोडिया पठाउने भन्दै २३ लाख ठगी आरोपमा एक पक्राउ
    पक्राउ सम्बन्धी प्रहरीले जारी गरेको सुचना ।

    खोटाङ, १६ मंसिर । कम्बोडिया पठाउने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । सामाजिक सञ्जालको माध्यमबाट कम्बोडियामा सेक्यूरिटि गार्डको काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका २७ वर्षीय रामकृष्ण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

    आफु कम्बोडियामा होटेलमा सेक्यूरिटि गार्डको काम गरिरहेको बताउँदै आकर्षक तलव सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाइदिने नाममा विभिन्न व्यक्तिबाट २३ लाख ९७ हजार ठगी गरेको जाहेरी दखरखास्तको आधारमा आचार्यलाई काठ्माडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन, काठ्माडौंले पक्राउ गरेको हो ।

    उनले फेसबुक र ह्वाट्स् एपको माध्यमबाट विभिन्न व्यक्तिलाई सम्पर्क गरी बिश्वासमा लिएर ‘प्रोसेसिङ’का लागि भन्दै विभिन्न व्यक्तिको नाममा सञ्चालित बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको प्रहरीले जनाएको छ ।

    आरोपितलाई काठ्माडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरे लगत्तै आचार्यलाई बिहिबार काठमाडौं पठाएको थियो ।

    उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक अनुसन्धान एबं कारबाहीको लागि जिल्ला प्रहरी परिषर टेकु, काठ्माडौंमा पठाइएको छ । यद्यपी पाथेकामा आचार्य जातीको बसोबास नरहेको बताइएको छ ।

    सम्बन्धित समाचार