Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    आप्रवासी श्रमिक दिवसः

    विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन

    विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन


    • सोमवार, पौष ४ २०७९

    • नेपाल वाइड


    विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन
    विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा खोटाङमा दिप प्रज्वलन गरिदै ।

    खोटाङ, ४ पुस । रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा खोटाङमा सामुहिक दिप प्रज्वलन गरिएको छ । सम्पत्ती कमाउने सपनामा विदेश पुगेकाबेला विभिन्न कारणले ज्यान गुमाएका कामदारको सम्झनामा आइतबार साँझ दिक्तेलमा दिप प्रज्वलन गरिएको हो ।

    आप्रवासी श्रमिक दिवसको अवसरमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

    आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा सामुहिक रुपमा दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

    रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुवद बनाउन पु¥याएको योगदान र त्यागको सम्मानमा नेपालको नक्सामाथि डिसेम्बर १८ तारिख लेखेर दिप प्रज्वलन गरिएको हो ।

    खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आप्रबासीका परिवारसँग अन्तरक्रीया गर्दै आप्रवासी श्रमिक दिवस मनाइएको छ ।

    आप्रवासी परिवारसँग रेमिट्यान्सको सदुपयोग र व्यवस्थापनका विषयमा छलफल गर्दै दिवस मनाइएको हो । कार्यक्रममा सहभागी महिलाले घरमा एक्लैहुँदा भोग्नु परेका समस्या, चुनौती तथा अनुभव सुनाएका थिए ।

    कतिपयले विदेशमा रहेका सदस्यलाई चाँडो घर फर्काउने र स्वदेशमै आयआर्जन गर्नेगरी व्यवसायीमुलक काम सुरु गरिसकेको बताएका छन् । कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कक्षामा सहभागी जालपाका ५० जना र नुनथलाका ५० महिलालाई खुत्रुके बाँडिएको छ । विदेशबाट भित्रिएको ‘रेमीट्यान्सलाई बचत गर्नुपर्छ’ भन्ने सन्देश प्रवाहका लागि खुत्रुके वितरण गरिएको कार्यक्रम संयोजक आचार्यले बताए ।

    आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाका साथै वैदेशिक रोजगारीमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी पारित गरी लागु भएको दिन सन् २००० को डिसेम्बर १८ लाई आप्रवासी श्रमिक दिवसको रुपमा मनाउँदै आइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

    lamp burnt for employee day-khotang (1).jpg

    सम्बन्धित समाचार