Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

    खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत


    • बिहिवार, पौष ७ २०७९

    • नेपाल वाइड


    खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत
    आगलागीका कारण ध्वस्त बनाएको बाक्सिला बजारका घरहरु ।

    विराटनगर, ७ पुस । खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो ।

    मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको थियो ।

    जस अनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।

    सम्बन्धित समाचार