Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अबुधावीमा गुञ्जियो साकेला

    अबुधावीमा गुञ्जियो साकेला


    • आइतवार, पौष १० २०७९

    • नेपाल वाइड


    अबुधावीमा गुञ्जियो साकेला
    अबुधावीमा रहेका किरात समुदायले साकेला उधौली मनाउदै ।

    अबुधावी, १० पुस । यूएईमा रहेका किरात समुदायले साकेला उधौली मनाएका छन् । नेपालबाट गएर अस्थायी तथा स्थायी बसोबास गरिरहेका किरात समुदायले आफ्नो संस्कार संस्कृतिको संरक्षण र संवर्द्धनका लागि शनिबार अबुधावीस्थित साकेला पार्क (मुसाफा पार्क)मा उधौली साकेला मनाएका हुन् ।

    किरात राई यायोक्खा र सुनुवार सेवा समाजको संयुक्त आयोजनमा प्रवासमा हर्षोल्लासका साथ उधौली मनाइएको हो । राई समुदायको महान चाड उधौली साकेला एलेदोङ ५०८२ स्यादर पिदार मौलिक पौराणिक र पुर्खौली पारामा धुमधामका साथ मनाइएको हो ।

    आफ्नो परम्परागत भेषभुषामा सजिएर ढोलझ्याम्टा बजाएर साकेला गाउँदै युवायुवतीले सिलि टिपेर नाचेका थिए । उधौली साकेलामा अल ऐन, वरदुबइ, सार्जा अल्कोज, मुसाफा लगायतका ठाउँबाट किराती तथा गैर–किरातीको उत्साहजनक सहभागीता रहेको थियो ।

    यायोक्खा युएईका अध्यक्ष बुद्धि मेवाहाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातीय/भाषिक संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । मूल आयोजक समिति प्रवक्ता डिके किरातीले परम्परा अनुसार अदुवा र चोखो जाँडले भूमीपुजा गरेर उधौली सुरु गरिएको थियो ।

    प्रवासमा रहे पनि आफ्नो भेषभुषा, संस्कार संस्कृति, कला, परम्परा आदिको जगेर्नाका लागि यूएईमा हरेक वर्ष साकेला मनाउने गरिएको छ । कार्यक्रममा संस्थागत हितमा योगदान पुर्‍याएकामा यायोक्खाका कोषाध्यक्ष मायाँलक्ष्मी राईलाई फेटा ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको छ । सहभागीलाई नेपाली परिकार खानपिनको व्यवस्था गरिएको थियो । हिमालयन रेष्टुरेण्टको प्रायोजनमा कार्यक्रम गरिएको हो ।हिराधन चाम्लिङको सहयोगमा

    सम्बन्धित समाचार