सोमवार, पौष ११ २०७९
नेपाल वाइड
ओ छेपाराहरू हाे !
बाहिर निस्क
सूर्यकाे पहिलो बुँद जमिनमा झरिनैसक्याे
दिन बडो घमाइलाे भएकाे छ ।
हिजो जस्तो चिसाे आज कहाँ छ र ?
राति जस्तो शीत अहिले कहाँ झर्छ र ?
अब तिमीहरू कहिल्यै कठाङ्ग्रिनु पर्दैन् ।
स्यु स्यु गर्दै दुनियाँलाई बिजाेग देखाउनु पर्दैन् ।
दिनभरि उद्यानमा मस्त सुत्न पाउँछाै
निस्फिक्री रम्न,जम्न पाउँछाै
स्वप्न दुनियाँमा आफ्नै रुमानी उडान भर्न
सक्छाै ।
ओ छेपाराहरू हाे !
खेतका आलीहरूमा प्रशस्त छिचिमीराहरू
लामबद्ध निस्किएका छन् ।
अब बाहिर निस्क ।
कवि पारस विराट