तिमी शहरिया म पाखे
तिमि धनाढ्यकि छाेरि
मेराे प्रवल फकिर
तिम्राे भावकाे मूल्य
मेराे अभावकाे खिसि
तिमी रहरमा पढ्छाै
म घरमा काम गर्छु
आज फेरि मैले थाकेर
पुस्तक त्यतिकै राखे
हाे तिमी शहरिया म पाखे
तिम्राे टिफिनबक्सकाे खाजा
मेराे च्यातिएकाे खल्ति खालि...खालि
तिमी फर्च्यूनरकि यात्रि म उकालि ओरालि
कलमकाे निभ र सुई फेर्न आउछ मलाइ
चित्र बालुवाकाे भुइ केर्न आउछ मलाई
लाजले उत्तर भन्दिन्थे म आउदा आउदै
दिन बित्थ्याे च्यातिएकाे पाइन्ट छुपाउदा
छुपाउदै
सम्हाल्नु पर्ने धेरै थिए सम्हालि दिने काेहि
थिएन
त्यसैले मैले पढ्न थाति राखे
हाे तिमी शहरिया म पाखे
तिमिले प्लेन चड्दा
मैले रकेट बनाएकाे थिए.... कागजकाे
तिम्राे डेरिले दिएकाे दूध मैले नै ढुङ्ग्राेमा दुहेकाे
हुँ
तिमी पखालिएकी ताजा म गनाउने र
कुहिएकाे हुँ
तिम्राे सरल सडक मेराे बाङ्गाे वाटाे
तिम्राे सिङ्गमर्रमर काे भुई मेराे माटाे
यसरी म अल्झिरहे तिमी दैडिरह्याै
चुडिएकाे चप्पल गास्दा गास्दै
धुन नभ्याएकाे लुगा पुच्दा पुछ्दै
नङ काट्न नभ्याएर दाँतले टाेक्दा
चिसाे लागेर म रातभर खाेक्दा
कसैले सुन्दैन
तिम्राे नसुन्ने काेहि छैन
त्यसैले तिम्राे र मेराे केही मिल्दैन
म मरुभूमिकाे बिरुवा
तिमी सुगम बस्ती की बाटुली
दुनियाकाे कथित ज्ञानकाे भण्डार म सँग छैन
न पुर्ण छ न सार म सँग केही छैन
छ केही जाे एकरुपता खाेज्दछ
हामी एक झै कहाँ छाै
जिवनकाे कुन तल मा हामी एक रह्याै र
तर पनि ..
तिमी र म विच प्रतिस्पर्दा गराउने कुटिल
सरकार छ
तिमिलाई बहार छ मलाई भार छ
तिमिले ज्ञानकाे प्रतिस्पर्दा कदापी मसँग नगर्नु
तिमिले भने जस्तै ..
म अज्ञानि पाखे गँवार हुँ वाध्यताले वनेकाे
मैले यहाँ उदाशिनता यतिकै राखे
हाे तिमी शहरिया म पाखे ....
कवि बि जय राज