Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अलैंची उत्पादन वढ्यो

    अलैंची उत्पादन वढ्यो


    • बिहिवार, पौष १४ २०७९

    • नेपाल वाइड


    अलैंची उत्पादन वढ्यो
    खोटाङमा अलैंची स्टोरका लागि ट्याक्टरबाट ओराल्दै कामदार । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, १४ पुस । चालु आर्थिक वर्ष खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । एक हजार ६४ हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष २०७९/८० मा ६१० मेट्रिक टन अलैंची उत्पादन भएको हो ।

    आर्थिक वर्ष २०७८/०७९ मा ५८५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैंचीको उत्पादकत्व ०.५७ पुगेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    चालु आर्थिक वर्ष पुरानो बगानमा अलैंची उत्पादन घटे पनि नयाँ बगानमा अलैंची उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको कृषि प्रशार अधिकृत पण्डितले बताए । जिल्लामा अलैंची खेतीका लागि योग्य एक हजार ४ सय २  हेक्टर जमिनमध्ये १ हजार ६४ हेक्टरमा खेती लगाउने गरिएको छ ।

    सम्बन्धित समाचार