Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनजागृति मावि उत्कृष्ट विद्यालयका रुपमा सम्मानित, पाए साँढे १४ लाख

    जनजागृति मावि उत्कृष्ट विद्यालयका रुपमा सम्मानित, पाए साँढे १४ लाख


    • बिहिवार, पौष २१ २०७९

    • नेपाल वाइड


    जनजागृति मावि उत्कृष्ट विद्यालयका रुपमा सम्मानित, पाए साँढे १४ लाख
    मुख्यामन्त्री राजेन्द्र राई र सामाजिक बिकास मन्त्री राजन राईले जनजागृति माविका व्यवस्थापन समिति अध्यक्ष सुर्य राई र प्रअ सविता ढकाललाई सम्मान प्रदान गर्नुहुदै । तस्बिर : सुर्य राईको फेसवुकवालबाट साभार

    खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति सामुदायीक आवासीय माबि प्रदेशकै उत्कृष्ट विद्यालयमध्येमा सम्मानित भएको छ ।

    जिवनोपयोगी शिक्षाको अभ्यास गरिहेको शुभद्रा–मदन फाउण्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको जनजागृति मावि प्रदेशकै उत्कृष्ट १४ सामुदायीक विद्यालय मध्येमा सम्मानित भएको हो ।

    उत्कृष्ट सामुदायीक विद्यालयमध्येमा जनजागृति माविले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट १४ लाख ५० हजार प्राप्त गरेको छ । मुख्यामन्त्री राजेन्द्र राई र सामाजिक बिकास मन्त्री राजन राईले बुधबार जनजागृति माविका व्यवस्थापन समिति अध्यक्ष सुर्य राई र प्रअ सविता ढकाललाई सम्मान प्रदान गरेका छन् ।

    प्रदेश १ का १४ जिल्लाका एक–एक वटा उत्कृष्ट माविलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत खोटाङबाट जनजागृति छनौटमा परेको हो । आधारभुत विद्यालयमध्येमा खोटाङबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको जालपा आवि सिरुवास सम्मानित भएका छन् ।

    विद्यार्थी संख्या घटेपछि २०७२ सालमा खारेजमा पर्न लागेको तत्कालिन जनजागृति प्राविलाई शुभद्रा–मदन फाउण्डेसनले जिम्मा लिएर जिवनोपयोगी शिक्षाको अभ्यास गर्ने थलोका रुपमा जगाएको हो ।

    fgfgfg.jpg

    सोल्मास्थित जनजागृति सामुदायीक आवासीय माबि दिक्तेल खोटाङ ।

    खारेजमा पर्न लागेपछि अभिभाबककै आग्रहमा फाउण्डेसनले जनजागृतिलाई ‘गरि खान सिकाउने’ विद्यालयका रुपमा विकास गरेको छ । स्वतःस्फुर्त जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको फाउण्डेसनले जनजागृतिलाई जिम्मा लिएर व्यवहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ ।

    कृषिविज्ञ मदन राईले २०७० मा स्थापना गरेको फाउण्डेसनले ‘ह्युमन स्कुल र मदर इजुकेसन’को नारा अवलम्बन गरिरहेको छ । फाउण्डेसनले विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने उद्धेश्यले रुचि र इच्छा अनुशार चार ‘क’ (कोदालो, क्यामेरा, कम्प्यूटर र कलम) अर्थात ‘कोदालोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउने गरेका छन् । फाउण्डेसन आफैमा बिद्यालय होईन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग देख्न र सिक्न सकिन्छ ।

    फाउण्डेसनमा पुर्वी ईलामदेखि झापा, मोरङ, सिराहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठ्माण्डौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्पा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडी, दार्चुला लगायतका बिद्यार्थी अध्ययनका लागि आवासिय भर्ना भएका छन् ।

    सम्बन्धित समाचार