Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसीमा कोरोनाले बन्द हाटबजार सुचारु

    रावाबेँसीमा कोरोनाले बन्द हाटबजार सुचारु


    • शुक्रवार, पौष २२ २०७९

    • नेपाल वाइड


    रावाबेँसीमा कोरोनाले बन्द हाटबजार सुचारु
    रावाबेँसी गाउँपालिकाको हरमटारमा सुचारु गरिएको साप्ताहिक हाटबजार ।

    खोटाङ, २२ पुस । खोटाङको रावाबेँसी गाउँपालिकामा कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार सुचारु गरिएको छ । बिश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा न्यूनीकरणका क्रममा बन्द गरिएको हाटबजार शुक्रबारदेखि सुचारु गरिएको हो ।

    रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा हरेक शुक्रबार लाग्ने हाट झण्डै दुई वर्षपछि सुचारु गराइएको हो । स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो ।

    तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो ।

    २०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार हाटबजार सुचारु गरिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    हाटबजारमा विशेषगरी सागसव्जी, फलफुल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच सुरु भएको छ । बन्द हाटबजार सुचारु हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् । हाट बजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको छ ।

    छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ । पालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापनका लागि गाउँपालिका आफैले हाटबजार सुरु गरेको थियो । कृषि उपज बिक्रीबाट किसानले आफ्नै गाउँमा आयआर्जन गर्न सक्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

    हाट बन्द भएपछि सो स्थानमा कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन बनाइएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । किसानलाई लक्षित गर्दैै हरम्टारमा चिस्यान केन्द्र पनि निर्माणाधिन अवस्थामा छ ।

    सम्बन्धित समाचार