Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनजागृति माबिमा विद्यालय वातावरण सचेतना कार्यक्रम

    जनजागृति माबिमा विद्यालय वातावरण सचेतना कार्यक्रम


    • शुक्रवार, पौष २२ २०७९

    • नेपाल वाइड


    जनजागृति माबिमा विद्यालय वातावरण सचेतना कार्यक्रम
    सोल्मास्थित जनजागृति माबिमा सञ्चालन गरिएको विद्यालय वातावरण सचेतना कार्यक्रम ।

    खोटाङ, २२ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति माबिमा विद्यालय वातावरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

    डिभिजन वन कार्यालय खोटाङको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वातावरण सुधार कार्यक्रम अन्तरगत सव–डिभिजन वन कार्यालय दिक्तेलको आयोजनामा शुक्रबार विद्यालय वातावरण सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

    वर्षेनी बिश्व तापमान वृद्धि हुँदै गइरहेको सन्दर्भमा सानो प्रयासबाट भए पनि वातावरण प्रदुषण कम गर्न सघाउ पुर्‍याउने लक्ष्यका साथ वातावरण सचेतना कार्यक्रम सञ्चालन गरिएको सव–डिभिजन वन कार्यालयले जनाएको छ ।

    कार्यक्रममा कक्षा ८ देखि कक्षा १२ सम्मका ७० जना छात्रछात्रा सहभागी भएका थिए । बढ्दो वातावरण प्रदूषण न्यूनीकरणको प्रयास स्वरुप विद्यालयको पाठ्याक्रममा समेत वातावरण सचेतना सम्वन्धी विषयवस्तु समावेश गरिएको छ ।

    विद्यालय वातावरण सचेतना कार्यक्रमकै बीचमा जनजागृति इकोक्लव गठन गरिएको छ । चामुण्डा राईको अध्यक्षतामा ११ सदस्यीय इकोक्लव गठन गरिएको हो । वातावरण संरक्षणको प्रथम प्रयास विद्यालय स्तरबाटै गर्नेगरी इकोक्लव गठन गरिएको हो ।

    कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मीको प्रमुख आतिथ्यता तथा मेन्टर (शिक्षक) पवन राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा रेञ्जर हरिकाजी राई, फरेष्टर बिष्णु श्रेष्ठ र पेशलकुमारी घिमिरेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख रेग्मीले इकोक्लवलाई डस्टविन प्रदान गर्दै प्रदुषण न्युनीकरणमा टेवा पुर्‍याउन आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार