Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा लालुपाते सहकारी विरुद्ध बिरोध र्‍याली

    दिक्तेलमा लालुपाते सहकारी विरुद्ध बिरोध र्‍याली


    • सोमवार, माघ ९ २०७९

    • नेपाल वाइड


    दिक्तेलमा लालुपाते सहकारी विरुद्ध बिरोध र्‍याली
    सहकारी विरुद्ध बिरोध र्‍याली । तस्बिर : दिनराज कार्की

    खोटाङ, ९ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा बिरोध र्‍याली निकालेका गरेका हुन् ।

    सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । डुबेको सावाँ र व्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका हुन् ।

    बिरोध र्‍यालीका क्रममा सहकारी पिडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका छन् । बचतकर्ताले र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । १२ प्रतिशतका दरले व्याज दिने भनेर राखेको चार लाख पटक–पटक फिर्ता गर्न माग गर्दा नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पान बस्नेतले बताउनुभयो ।

    वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते निधन भएपछि मात्र खुलेको हो ।

    जोशीको निधनपछि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । ऋण असुल गर्दै बचतकर्तालाई बचत फिर्ता दिने पहल भइरहेको सहकारीले जनाएको छ ।

    सम्बन्धित समाचार