Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    फोनिक्स शिक्षण सम्वन्धी अनुगमनमा बौद्धिक समुह

    फोनिक्स शिक्षण सम्वन्धी अनुगमनमा बौद्धिक समुह


    • सोमवार, माघ ९ २०७९

    • नेपाल वाइड


    फोनिक्स शिक्षण सम्वन्धी अनुगमनमा बौद्धिक समुह
    च्यास्मीटारका चार विद्यालयमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी अनुगमनकाक्रममा ।

    खोटाङ, ९ माघ । बौद्धिक समुह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका चार विद्यालयमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी अनुगमन गरेको छ ।

    बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी दक्षता विकासमा सघाउ पुर्याउनका लागि गत कात्तिकमा तीन दिने कार्यशाला गोष्ठी गरेको बौद्धिक समुह नेपालले त्यसको कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको हो ।

    बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले कलंका प्रावि बाङमा, देउराली आधारभुत विद्यालय, हुन्डाखा, नमुना प्रावि विद्यालय सार्पा र चोमोलुङमा प्रावि छोर्दिपामा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी अवस्थाका बारेमा अनुगमन गरेका हुन् ।

    बौद्धिक समुहले च्यास्मीटारभित्रका वालबिकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ प्रअ तथा शिक्षक–शिक्षिकालाई तालिम दिएको थियो । बाँकी रहेका छ वटा विद्यालयलाई अर्को चरणमा अनुगमन गर्ने तयारी गरिएको छ ।

    कतिपय विद्यालयका प्रअ तथा व्यवस्थापन समितिसँग भेटेर वा फोनमार्फत फोनिक्स शिक्षणका बारेमा सम्बाद गरिएको बौद्धिक समुहले जनाएको छ । अनुगमनका क्रममा विद्यालयले अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी शिक्षण अभ्यास गरेको भए पनि नियमित नगरेको पाइएको छ ।

    प्रभावकारी शिक्षणका लागि स्थानीय सरकारले चाँडोभन्दा चाँडो विद्यालयलाई ल्यापटप, प्रोजेक्टर, प्रिन्टर लगायतका सामग्री उपलव्ध गराउनु पर्ने आवश्यकता देखिएको अध्यक्ष राईले बताए ।

    ‘फोनिक्स शिक्षणको कार्यान्वयनको अवस्थाका बारेमा हामीले अनुगमन गरिरहेका हौँ । कहाँ, कसरी फोनिक्स शिक्षण भइरहेको छ, वालबालिकाले के, कति सिके भनेर बुझिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘विद्यालयमा फोनिक्स शिक्षणको प्रयास भएको छ । विद्यालयहरुले युटुवमा सर्च गरेर पनि फोनिक्स सिकाउने प्रयास गरेको पाइयो तर रेगुलर प्राक्टिस नभएको कारण बालबच्चाहरुले राम्रो संग सिक्न सकिरहेको पाइएन । सामग्रीको अभावले पनि रेगुलर प्राक्टिस गराउन समस्या भएको बुझिएको छ ।’

    अनुगमनका क्रममा विद्यालयका प्रअ, शिक्षक, व्यवस्थापन समिति, बुद्धिजिवी, समाजसेवी लगायतसँग फोनिक्स शिक्षणलाई प्रभावकारी बनाएर बालबच्चालाई अंग्रेजी सिक्न उत्प्रेरित गर्ने/गराउनुका साथै विद्यालयमा शिक्षक–शिक्षिका तथा विद्यार्थीबिचमा पनि क्रमशः अंग्रेजी बोल्ने वातावरण निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।

    छलफलका क्रममा हप्तामा एक दिन विद्यार्थीलाई जातीय पोशाक लगाउने प्रवन्ध मिलाउने, शैक्षिक क्रियाकलापमार्फत भाषा तथा संस्कार–संस्कृतिको संरक्षण गर्ने, विद्यालयको शैक्षिक तथा समुदायको वृत्तिविकासमा अभिभावक र सिंगो समुदायलाई सामुहिक स्वार्थका लागि संस्थागत रुपमा जिम्मेवारी बनाउने लगायतका विषयमा छलफल भएको अध्यक्ष राईले जानकारी दिए ।

    काठ्माण्डौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समुहले २०७८ सालमा च्यास्मीटार माबिबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने च्यास्मीटार माबिका छात्रा जिवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिसकेको छ ।

    पब्लिक हाईस्कुल धरानमा ब्यबस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत जिबनाले केही समयअघि भएको फष्ट टर्मिनल परिक्षामा ६६ प्रतिशत तथा र्‍यांक १ हासिल गर्न सफल भएकी छन् ।

    यस्तै, सरस्वति मावि दिक्तेलमा अध्ययनरत दिलिप फस्ट टर्मिनल परीक्षाको नतिजाको प्रतिक्षामा छन् । हलेसी तुवाचुङ नगरपालिकालाई सेवा क्षेत्र बनाएको बौद्धिक समुह नेपालले विभिन्न शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

    3.jpg

    2.jpg

    5.jpg

    1.jpg

    7.jpg

    च्यास्मीटारका चार विद्यालयमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी अनुगमनकाक्रममा । 

    सम्बन्धित समाचार