Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लैनसिं बांदेलको बेवारिसे शालिक पार्कमा राखियो

    लैनसिं बांदेलको बेवारिसे शालिक पार्कमा राखियो


    • आइतवार, माघ १५ २०७९

    • नेपाल वाइड


    लैनसिं बांदेलको बेवारिसे शालिक पार्कमा राखियो
    राखाबांदेलमा पार्कमा राखिएको लैनसिं बांदेलको शालिक ।

    खोटाङ, १५ माघ । खोटाङमा झण्डै ११ वर्षसम्म बेवारिसे बनाइएको कलाकार एबं साहित्यकार लैनसिं बांदेलको शालिकलाई व्यवस्थित रुपमा पार्कमा राखिएको छ । वर्षौं अलपत्र परेको बांदेलको अर्धकदको शालिकलाई ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको शुक्रबारेडाँडा, बेनेसेनमा पार्क बनाएर राखिएको हो ।

    राखाबांदेल कलाकार बांदेलको पुर्खौली थलो हो । वडा कार्यालयबाट दुई लाख बिनियोजन गरेर घराबारा सहितको लैनसिं बांदेल पार्क निर्माण गरेर बांदेलको शालिकलाई व्यवस्थित रुपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

    जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी मोरङ बेलबारीका मुर्तीकार श्याम गौतमले बांदेलको शालिक बनाएर २०६७ सालमा तत्कालिन जिल्ला बिकास समितिलाई हस्तान्तरण गरेका थिए ।

    गौतमले बांदेलको शालिक सहित हलेसीमा राख्नेगरी एउटा शिवलिंग र बसाहाको ढुंगेमुर्ती निःशुल्क हस्तान्तरण गरेका थिए । दिक्तेलमा पशल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच/छ वर्ष राखिएको बांदेलको शालिकलाई २०७३ सालमा तत्कालिन गाबिसबाट ढुवानी खर्च छुट्याएर ट्याक्टमा बोकेर राखाबांदेल लगिएको थियो ।

    दिक्तेलसम्म शालिक पु¥याउने क्रममा तत्कालिन जिल्ला बिकास समितिले गौतमलाई ३० हजार भाडा दिएको थियो । त्योबेला जिविस र जिल्लास्थित राजनैतिक दलका नेताहरुले दिक्तेलको रत्नपार्क आसपासमा बांदेलको प्रतिमा राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा बांदेलको शालिक दिक्तेलबजारमा वर्षौसम्म सडक पेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

    स्थापनामा चासो नदिइदा दिक्तेलमा बेवारिसे बनेको बांदेलको शालिक स्थापनाका लागि २०७१ सालमा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बांदेल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका लैनसिंको शालिकलाई पुर्खौलीथलो राखाबांदेल लैजानका लागि सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए ।

    सम्बन्धित समाचार