Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगामा हप्ता दिनदेखि एनटिसी फोनमा समस्या

    जन्तेढुंगामा हप्ता दिनदेखि एनटिसी फोनमा समस्या


    • सोमवार, माघ २३ २०७९

    • नेपाल वाइड


    जन्तेढुंगामा हप्ता दिनदेखि एनटिसी फोनमा समस्या
    सांकेतिक तस्बिर

    खोटाङ, २३ माघ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका विभिन्न स्थानमा फोन नचल्ने समस्या देखिएको छ । हप्ता दिन अघिदेखि गाउँपालिकाको केन्द्र चिसापानी बजार लगायत अधिकांश वडामा एनटिसी फोन सम्पर्क नहुने, सम्पर्क भए पनि कुराकानी नबुझिने लगायतका समस्या देखिएको हो ।

    छिमेकी पालिका खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा रहेको टावरले भेट्ने बाहेकका ठाउँमा फोन नचलेको स्थानीयले बताएका छन् । एनटिसीको टावर राखिएको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको होङमापोखरीस्थित गढीडाँडामा केही हप्ताअघि एनसेनको टावर जडान गरेपछि एनटिसी फोनमा समस्या सुरु भएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    एनटिसी फोनमा आएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् । जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या दोहोरिने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको सभापति बिष्टले बताए ।

    सम्बन्धित समाचार