Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ हलेसी सेवा समाज काठ्माडौंको अध्यक्षमा थापा

    खोटाङ हलेसी सेवा समाज काठ्माडौंको अध्यक्षमा थापा


    • शनिवार, माघ २८ २०७९

    • नेपाल वाइड


    खोटाङ हलेसी सेवा समाज काठ्माडौंको अध्यक्षमा थापा
    खोटाङ हलेसी सेवा समाज काठ्माडौंको सम्पन्न सातौं साधारणसभा ।

    काठ्माडौं, २८ माघ । खोटाङ हलेसी सेवा समाज काठ्माडौंको अध्यक्षमा इन्दा थापा चुनिएका छन् । पेशा, व्यवसाय, अध्ययन लगायतका कारणले काठ्माडौं बसिरहेका खोटाङ्गेले स्थापना गरेको सामाजिक संस्था खोटाङ हलेसी सेवा समाजको शनिबार सम्पन्न सातौं साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    समाजको प्रथम उपाध्यक्षमा विजय घिमिरे, द्वितीय उपाध्यक्षमा अर्जुन गैरापिप्ली, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा परशु कटुवाल, कोषाध्यक्षमा कृष्ण लुइँटेल र सह–कोषाध्यक्षमा सुब्बा कटुवाल चयन भएका छन् ।

    यस्तै, चन्द्रमणि घिमिरे, अमृत कटुवाल, मीन कार्की, (दिप्रुङ चुईचुम्मा एकता सेवा समाजका संस्थापक उपाध्यक्ष) कुमारबाबु बस्नेत (टिबी), प्रेम केसी र लक्ष्मी बस्नेत सदस्य चुनिएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

    गाउँपालिका अध्यक्षदेखि सांसदलाई सम्मान

    खोटाङ हलेसी सेवा समाजको साधारणसभा उद्घाटन समारोहमा प्रतिनिधि तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने खोटाङका सांसद, खोटाङका १० वटै स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको छ । खोटाङका प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, समाजको कार्यालय रहेको काठमाडौं–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतम, खोटाङ ठेगाना भइ काठमाडौं–७ बाट प्रतिनिधिसभामा निर्वाचित गणेश पराजुलीलाई सम्मान गरिएको छ ।

    यस्तै, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ का वडाध्यक्ष गोबिन्द खडकालाई सम्मान गरिएको छ । कार्यक्रममा अनुपस्थित भएका खोटाङका अन्य प्रतिनिधिसभा तथा प्रदेश सांसद, नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई सम्मान–पत्र उपलव्ध गराइने समाजले जनाएको छ ।

    काठमाडौंस्थित लाईसियम प्याराडाइज एकेडेमीमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटी सदस्य विमला पौडेल, समाजसेवी गोविन्द भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्णराज कटुवाल, प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, अधिवक्ता देवराज कटुवाल, न्यायाधीश परशु भट्टराई, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, प्राइम टेलिभिजनका प्रबन्धक गणेश थापा लगायत करिब दुई सय जनाको उपस्थिति रहेको थियो । गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रम अर्जुन गैरापिप्लीले सञ्चालन गरेका थिए ।

    dfdfdf.jpg

    साधारणसभा उद्घाटन समारोहमा निर्बाचित जनप्रतिनिधिलाई सम्मान गर्दै ।

    सम्बन्धित समाचार