Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    मुआथाई फाइटमा खोटाङका बरुणको लगातार दोश्रो ऐतिहासिक जित

    मुआथाई फाइटमा खोटाङका बरुणको लगातार दोश्रो ऐतिहासिक जित


    • सोमवार, फाल्गुण १ २०७९

    • नेपाल वाइड


    मुआथाई फाइटमा खोटाङका बरुणको लगातार दोश्रो ऐतिहासिक जित
    थाई फाइटरलाई हराउँदै लगातार दोश्रो ऐतिहासिक जित निकालेका बरुण घले गुरुङ ।

    खोटाङ, १ फागुन । नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा थाई फाइटरलाई हराउँदै लगातार दोश्रो ऐतिहासिक जित निकालेका छन् ।

    थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले पुःन ५५ केजी तौल समुहमा अर्का थाई खेलाडी सट्टा सिथुआडाङलाई पराजित गरेका हुन् ।

    थाई फाइटरमाथि गुरुङको यो लगातार दोश्रो जित हो जुन नेपालका लागि सनसनीपूर्ण क्षण हो । थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा आइतबार राती भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत जित हासिल गरेका हुन् ।

    नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए ।

    नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् ।

    खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।

    dfg.jpg
    रिङभित्र थाई फाइटरसाँग भिडदै मुआथाई खेलाडी बरुण घले गुरुङ । 

    सम्बन्धित समाचार