Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षिकाको सरुवाप्रति नेराशि संघको ध्यानाकर्षण

    शिक्षिकाको सरुवाप्रति नेराशि संघको ध्यानाकर्षण


    • शुक्रवार, फाल्गुण ५ २०७९

    • नेपाल वाइड


    शिक्षिकाको सरुवाप्रति नेराशि संघको ध्यानाकर्षण
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ, ५ फागुन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राजनीतिक आस्थाको आधारमा शिक्षिकाको सरुवा गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षक विमला पौडेललाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला माबि ओख्रेमा सरुवा गरिएको भन्दै संघले असन्तुष्टी जनाएको हो ।

    नेपाल राष्ट्रिय शिक्षक संघको पालिका समितिले गाउँपालिका समक्ष ज्ञापन–पत्र बुझाउँदै शिक्षिका पौडेललाई यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गरेको छ । फागुन ७ गतेभित्र शिक्षिका सरुवा गर्ने निर्णय बदर नभए चरणवद्ध आन्दोलन गर्ने नेपाल राष्ट्रिय शिक्षक संघका पालिका समिति अध्यक्ष पवन राईले बताए ।

    गाउँपालिकाको मौजुदा शिक्षा ऐन विपरित वैचारिक आस्था र प्रतिशोधका आधारमा घर अपायक पर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको ज्ञापन–पत्रमा उल्लेख छ ।

    गाउँपालिकाको शिक्षा ऐनमा ‘अपांगता भएका शिक्षक शिक्षिका र महिलालाई पायक पर्ने स्थानमा सरुवा गरिने’ व्यवस्था विपरित शिक्षिकाको सरुवा भएको नेपाल राष्ट्रिय शिक्षक संघका पालिका समिति अध्यक्ष राईले बताए । पौडेल २०६२ सालदेखि राम्चे निकेतन माविमा कार्यरत छिन् । गाउँपालिकाबाट माघ २२ गते सरुवाको पत्र प्राप्त भए पनि पौडेलले सितला माबि ओख्रेमा हाजिर हुन अस्वीकार गर्दैआएकी छन् ।

    सम्बन्धित समाचार