Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    • सोमवार, फाल्गुण ८ २०७९

    • नेपाल वाइड


    केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धघाटनका अबशरमा पालिका अध्यक्ष समिर राई उपाध्यक्ष गुरुराज राई खेलप्रशिक्षकहरुलगायत ।

    खोटाङ, ८ फागुन । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

    ३० स्वर्ण पदकका लागि केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा आईतबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले उद्घाटन गरेका हुन् ।

    तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डीको एक/एक स्वर्ण पदकका लागि खेल हुने शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता रहेको छ ।

    संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ४० हजार, दोश्रो हुने विद्यालयले ३० हजार र तेश्रो हुने विद्यालयले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् ।

    सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप प्रतिविद्यालय १५ हजार र प्रमाण–पत्र प्रदान गरिने खनालले बताए । मार्च पासमा प्रथम हुने विद्यालयलाई ५ हजार र दोश्रो हुने विद्यालयलाई ३ हजार नगद पुरस्कार दिईने छ । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ ।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घटनको अवसरमा केपिलासगढी गाउँपालिकाभित्रका पुरुष जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरिएको थियो ।

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धघाटनका अबशरमा लिएका तस्बिरहरु ।

    सम्बन्धित समाचार