शुक्रवार, फाल्गुण १९ २०७९
नेपाल वाइड
खोटाङ, १९ फागुन । खोटाङका गायक आशिष ताम्राकारको निधन भएको छ । कलेजो, मिर्गौला लगायतको समस्यबाट पिडित गायक ताम्राकारको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७.२५ बजे निधन भएको हो ।
दुई तीन हप्तादेखि बिरामी बनेका ताम्राकारलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् ।
उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवार सहित बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरी छन् । गायक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छिमेकी राजेन्द्र लयालुले बताए ।