Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु (क्रान्तीकारी)को माग

    स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु (क्रान्तीकारी)को माग


    • शनिवार, फाल्गुण २० २०७९

    • नेपाल वाइड


    स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु (क्रान्तीकारी)को माग
    दिक्तेल बहुमुखी क्याम्पस प्रशासनलाई ध्यानाकर्षण–पत्र बुझाउँदै अनेरास्ववियु (क्रान्तीकारी) का निर्वाचन संयोजन तथा परिचालन समिती संयोजक रबिन खम्बू र सह–संयोजक डार्विन चाम्लिङ ।

    खोटाङ, २० फागुन । अनेरास्ववियु (क्रान्तीकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति, खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पस समक्ष माग गरेको छ ।

    क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण–पत्र बुझाउँदै अनेरास्ववियु (क्रान्तीकारी)ले आगामी चैच ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको हो ।

    त्रिभुवन बिश्व विद्यालयले स्ववियु निर्वाचनको समय तालिका र निर्वाचनको कार्यक्रम तय गरिसकेको अवसथामा सोही समय तालिका अनुरुप निर्वाचन प्रकृया अगाडि बढाएर निर्वाचनको वातावरण बनाउन अनुरोध गरिएको अनेरास्ववियु (क्रान्तीकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समितिले जनाएको छ ।

    अनेरास्ववियु (क्रान्तीकारी)ले जिल्लामा क्रियासिल विद्यार्थी संघ/संगठनलाई समेत स्ववियु निर्वाचनका सन्दर्भमा गम्भीर तथा जिम्मेवार बन्न आग्रह गरेको छ ।

    ‘आज स्वतन्त्र विद्यार्थी युनियनजस्तो विद्यार्थीको अधिकारलाई व्यवस्थित गर्ने निकायको निर्वाचन हुन नसक्दा सिंगो विद्यार्थी आन्दोलनको अस्तित्वमाथि नै संकट उत्पन्न हुँदै गएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘मुलुकको ठूला ठूला राजनीतिक तथा सामाजिक परिवर्तनमा अहम भूमिका खेल्ने विद्यार्थी आन्दोलन कमजोर हुनु भनेको सिंगो मुलुक नै दिशाहिन हुने परिस्थितिको सुरुवात हुनु हो ।

    यसप्रति सबै विद्यार्थी संगठनलाई जिम्मेवार हुन अनुरोध छ ।’ निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु (क्रान्तीकारी)ले रबिन खम्बूको संयोजक तथा डार्विन चाम्लिङ सह–संयोजक रहेको स्ववियु निर्वाचन संयोजन तथा परिचालन समित गठन गरिसकेको छ ।

     

    सम्बन्धित समाचार