Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलामा आधारभुत अस्पतालको भवन गुणस्तरहिन, ढलान तोडेर पुःननिर्माण गर्न गाउँपालिका अध्यक्षको निर्देशन

    साकेलामा आधारभुत अस्पतालको भवन गुणस्तरहिन, ढलान तोडेर पुःननिर्माण गर्न गाउँपालिका अध्यक्षको निर्देशन


    • शनिवार, फाल्गुण २० २०७९

    • नेपाल वाइड


    साकेलामा आधारभुत अस्पतालको भवन गुणस्तरहिन, ढलान तोडेर पुःननिर्माण गर्न गाउँपालिका अध्यक्षको निर्देशन
    खोटाङको रतन्छामा निर्माणाधिन पाँच शैयाको अस्पतालको पहिलाको बिम र फोडेर पुःन ढलान गरिएको बिम निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष रबिप्रकाश राई । तस्बीर सौजन्यः साकेला गाउँपालिका

    खोटाङ, २० फागुन । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधिन पाँच शैयाको आधारभुत अस्पतालको भवन गुणस्तरहिन बनेको छ । खानी निर्माण सेवाले ठेक्का लिएको अस्पताल भवनको भुइँ तलाको बिम बांगो बनाइएको र गुणस्तरहिन काम गरेको पाइएको हो ।

    तेर्सो बिमको ढलानमा गिटी–बालुवा मिलाएर नहाल्दा प्वाल बन्नुका साथै रड बाहिरै निस्किएको थियो । अनुगमनका क्रममा गुणस्तरहिन काम भएको पाइएपछि गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले ढलान बिम फुटाएर पुःननिर्माण गर्न निर्देशन दिएका थिए ।

    निर्देशन लगत्तै ठेकेदारले ढलान बिम भत्काएर पुःन नयाँ निर्माण सुरु गरेको छ । गत माघ १९ गतेदेखि माघ २१ गतेसम्म अस्पताल भवनको पहिलो ढलान गरिएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण भवन निर्माणको म्याद गत २०७९ पुस २१ गते नै गुज्रिसकेको छ ।

    खानी निर्माण सेवाले भ्याट सहित ६ करोड ७६ लाख ७६ हजार ४५५ रुपैयाँमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी २०७८ असार २१ गते सम्झौता गरेको थियो । सम्झौता म्यादभित्र काम नभएपछि आगामी २०८० असार मसान्तसम्ममा काम सक्नेगरी प्रथम पटक म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।

    334742988_903273290949029_7074138492130751750_n.jpg

    रतन्छामा निर्माणाधिन पाँच शैयाको आधारभुत अस्पतालको गुणस्तरहिन ढलान गरिएको भवनको भित्रि भाग ।

    अस्पताल भवनको बीम गुणस्तरहीन ढलान गरेको पाईएपछि गाउँपालिकाले निर्माण कम्पनीको रनिङ बिल भुक्तानी रोकेको छ । निर्देशन अनुसार गुणस्तरिय ढलान गरेपछि मात्र भुक्तानी दिइने गाउँपालिका अध्यक्ष राई बताउँछन् ।

    प्रत्येक स्थानीय तहमा एक/एक वटा आधारभूत अस्पतालहरु निर्माण गर्ने नेपाल सरकारको नीति अनुरुप रतन्छामा साँढे दुई तलाको अस्पताल भवन निर्माण सुरु गरिएको हो ।

    “पालिकाभित्र निर्माण हुने भौतिक संरचनाहरु गुणस्तरीय बनेन भने भत्काएर बनाउन लगाईन्छ । गुणस्तरहीन काम गर्नु भनेको राज्यको पैसा दुरुपयोग गर्नु हो, जनताले तिरेको करलाई हामी दुरुपयोग हुन दिदैनौं,” उनले भने, “निर्माण भईरहेको अस्पताल भवन ढलान गर्ने क्रममा गुणस्तरीय ढलान नगरेको, बाङ्गो बिम बनाएको, प्राविधिक स्टिमेट अनुसार मात्रा नमिलाएको पाइएको छ । हरेक काममा हाम्रो निगरानी रहन्छ ।”

    334094333_4379855312138268_1767087847550418555_n.jpg

    खोटाङको रतन्छामा निर्माणाधिन पाँच शैयाको अस्पतालको पहिलाको बिम र फोडेर पुःन ढलान गरिएको बिम निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष रबिप्रकाश राई । तस्बीर सौजन्यः साकेला गाउँपालिका

    सम्बन्धित समाचार