शुक्रवार, फाल्गुण २६ २०७९
नेपाल वाइड
खोटाङ, २६ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माबिको ६३ औं वार्षिकोत्सव मनाइएको छ । शैक्षिक प्रदर्शनी, शर्मानन्द–तारा अक्षयकोषबाट छात्रबृत्ति प्रदान, अन्तर आधारभुत विद्यालय स्तरिय विविध प्रतियोगीतात्मक कार्यक्रम, अक्षयकोष स्थापनाकर्तालाई सम्मान लगायतका कार्यक्रम गर्दै विद्यालयको वार्षिकोत्सव मनाइएको हो ।
स्थापना दिवसको अवसरमा विद्यार्थीको प्रतिभा एवं सिर्जना सम्वन्धी एक दिने प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा सर्वोत्कृट बन्न सफल ‘हरियो सदन’ लगायत विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
यस्तै, एक लाख राशीको ‘शर्मानन्द–तारा अक्षयकोष’बाट १२ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । सोही कार्यक्रममा अन्तर आधारभुत विद्यालय स्तरिय विवित प्रतियोगीतात्मक कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रमकै अवसरमा पुर्वप्रअ एवं एक लाखको शर्मानन्द–तारा अक्षयकोष स्थापनाकर्ता शर्मानन्द खनाललाई सम्मान गरिएको छ । बार्षिकोत्सवमै एसएलसि व्याच २०६९ का भुतपुर्व विद्यार्थीले विद्यालयलाई ३१ हजार ५० रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

भुतपुर्व विद्यार्थीले शैक्षिक सामग्रीको अलवा विद्यालयलाई सात हजार एक सय रुपैयाँ नगद सहयोग प्रदान गरेको प्रअ नविन चाम्लिङले बताए । वार्षिकोत्सव समापन कार्यक्रम हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मेयर राई, उपमेयर रमेश राउत, अर्खौलेका वडाध्यक्ष अर्जुन पुरी, वडा सदस्य, भुतपुर्व विव्यास अध्यक्ष, भुतपुर्व प्रअ, शिक्षक, व्यवस्थापन समिति, संघसंस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
